• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  पर्यटन

    घट्यो बन्दीपुरमा पर्यटकको चाप

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ पौष १७, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४३५ पटक पढिएको
  • दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त सङ्ख्यामा पर्यटक भित्र्याउन सम्भव रहेको भन्दै व्यवसायीले तयारी शुरु गरे ।

    विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि छाडेन । फलस्वरुपः चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी शुरु भयो । सन् २०२० मा पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी शुरु गरेका यहाँका व्यवसायीको लगानी पनि खेर गयो । “जुन लक्ष्यका साथ लागेका थियौँ, कोरोनाले गर्दा लक्ष्य पूरा हुन सकेन”, बन्दीपुरस्थित होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भने, “सन् २०२० लाई भनेर नयाँ होटल निर्माण भइरहेको थियो, व्यवसायीको सपना चकनाचुर भयो ।” बन्दीपुर पर्यटन विकास समितिका अनुसार सन् २०२० को अवधिमा १५ हजार पर्यटकले मात्रै बन्दीपुर भ्रमण गरेका छन् । समितिका सचिव वसन्त पौडेलले कोरोनाका कारण सबै तयारी खेर गएको बताए।

    नयाँ वर्षमा छैन कार्यक्रम

    अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विगत वर्षमा बन्दीपुरमा कार्यक्रम हुने गरे पनि यसपटक भने कार्यक्रम राखिएको छैन । “सबैको सल्लाहबमोजिम विगतका जस्ता स्टेज कार्यक्रम राख्न सकिएन”, होटल व्यवसायी वैश गुरुङले भने । नयाँ वर्षको अवसरमा बन्दीपुरमा पर्यटकको बाक्लो चहलपहल हुन्थ्यो । बन्दीपुरमा कोठा नपाएर राति नै फर्किनुपर्ने अवस्था सिर्जना हुने बन्दीपुरमा यस पटक भने आन्तरिक पर्यटक फ्याट्टफुट्ट देखिएका छन् । “नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल ठीकै छ, कतिपय होटलका कोठा दुई÷तीन दिन अगाडिदेखि नै बुकिङ छ”, हिमालय एक्सेस होटलका सञ्चालकसमेत रहनुभएका पर्यटन विकास समितिका सचिव पौडेलले भने ।

    बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडीखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यावासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

    म्याग्देको चार ऐन र दश कार्यविधि पारित

    म्याग्दे गाउँपालिकाको आठौं सभाले चार ऐन तथा १० कार्यविधि पारित गरेको छ । आज सम्पन्न सभाले विभिन्न ऐन तथा कार्यविधि छलफलपश्चात् पारित गरेको हो । गाउँसभाले स्वास्थ्य तथा सरसफाइ, कर तथा गैरकर राजश्व, जलस्रोत र अनाथ तथा जोखिमयुक्त बालबालिका व्यवस्थापन ऐन पारित गरेको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँसभाले विभिन्न २३ वटा निर्णय पारित गरेको छ । गाउँसभाले चालू आर्थिक वर्षको बजेट संशोधन तथा केही शीर्षकमा बजेट कटौती गर्ने निर्णय गरेको छ ।

    एक घर एक धाराः वडाध्यक्षको प्रतिबद्धता पूरा हुँदै

    गत स्थानीय तहको निर्वाचन अगाडिसम्म तनहुँको व्यास नगरपालिका–१४ मा १७५ घरधुरीमा मात्रै घरघरमा खानेपानी सुविधा पुगेको थियो । निर्वाचनमा मतदातासँग मत माग्न जाँदा वडाध्यक्षका उम्मेदवार काजीमान श्रेष्ठले भनेका थिए, “हरेक घरमा खानेपानी पुर्याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।”

    श्रेष्ठले निर्वाचन जितेसँगै मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा लागे । श्रेष्ठको यस अवधिको कार्यकालमा उक्त वडाका ५४० घरधुरीमा खानेपानी सुविधा पुगेको छ । “निर्वाचनमा जे प्रतिबद्धता गरेको थिएँ, प्रतिबद्धता पूरा गराउनका लागि नियमित खटिए, आज उक्त प्रतिबद्धता पूरा हुने क्रममा छ”, उनले भने, “अब केही दिनभित्रै थप १०५ घरधुरीमा खानेपानी सुविधा पुग्दैछ ।”

    नयाँ पानीको स्रोत खोज्नुभन्दा पनि भइरहेको स्रोतको पहिचान गरी प्रत्येक घरमा धारा जडान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । “वडाभित्र प्रशस्त पानीको स्रोत रहेछन्, त्यसकै पहिचान गरी सदुपयोग गर्नेतर्फ लागे”, उनले भने । यस अवधिमा ‘एक घरः एक धारा’ अभियानमा करीब रु एक करोड ५० लाख बजेट खर्च भएको छ ।

    प्रत्येक गाउँमा खानेपानी सुविधा पुगेसँगै अब स्थानीयवासीलाई कृषि र पशुपालनतर्फ लाग्न प्रोत्साहन गरिने वडाध्यक्ष श्रेष्ठले भने । “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई वडाको तर्फबाट पनि प्रोत्साहन गर्छौं”, उनले भने ।

    घरमै पानी आएपछि नाचगान

    रासीभञ्ज्याङका २४ घरधुरीमा बुधबार मात्रै खानेपानी सुविधा पुगेको छ । यस अगाडि अस्थायीरुपमा पाइपबाट खानेपानी प्रयोग गर्दै आएका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका छन् । भइरहेको पानीको स्रोत सदुपयोग गर्दै ट्याङ्की निर्माण गरेर घरघरमा पानी पुर्याइएको छ ।

    घरमै धारामार्फत पानी आएपछि खुशी लागेको स्थानीयवासी देवीमाया आलेले बताए । “घरमै धारा नहुँदा पानीको जोहो गर्न समय लाग्थ्यो, भनेको समयमा काम गर्न पाइँदैनथ्यो, अहिले त घरमै धारा भएपछि आनन्द भयो”, उनले भने ।
    स्थानीयवासी एवं कार्यपालिका सदस्य नरीमाया आलेले छोराछोरीलाई विद्यालय पठाउनुपर्ने समयमा पानीको जोहो गर्न जानुपर्दा समस्या हुने गरेकामा अब उक्त दुःख हटेको बताए । “पानीको निकै दुःख थियो, अब त घरमै पानी आयो”, उनले भने “करेसाबारीमा तरकारीखेती गर्न पनि सहज हुने भयो ।” वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त ठाउँमा रु पाँच लाखको लागतमा ट्याङ्की निर्माण गरेर घरघरमा धारा जडान गरिएको छ ।

    क्यामिन स्टार कपको उपाधि टाइगरल्याण्डलाई

    तनहुँको व्यास नगरपालिका–९ स्थित क्यामिन स्टार युवा क्लबले आयोजना गरेको क्यामिन स्टार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि टाइगर ल्याण्ड युवा क्लबले जितेको छ । आज भएको फाइनल खेलमा समली युवा क्लवलाई पराजित गर्दै टाइगरल्याण्डले उपाधि जितेको हो ।

    खेलमा टाइगरल्याण्डको तर्फबाट तीन र समालीको तर्फबाट दुई गोल भएको थियो । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार र उपविजेताले रु २५ हजार प्राप्त गरेको छ । विजेतालाई व्यास ९ का वडाध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गरे । प्रतियोगितामा उत्कृष्ट खेलाडी समली युवा क्लबका सुमन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक टाइगरल्याण्डका अमिन रानाभाट र सर्वाधिक गोलकर्ता कृष्ण थापा घोषित भए । पुस १० गतेदेखि शुरु प्रतियोगितामा २१ टिमको सहभागिता थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑