• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    होमपेज /  पर्यटन

    दक्षिणकालीलाई नास्पाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास गरिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ भाद्र ३१, बुधबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६४२ पटक पढिएको
  • काठमाडौं । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ ।

    वडा नं ९ को हुमाने भञ्ज्याङलाई लप्सी ब्लकका रुपमा घोषणा गरिएको छ । वडा नं ८ को राम्चे भञ्ज्याङलाई समेत लप्सी ब्लकका रुपमा विकास गर्न लागिएको छ । नासपाती र लप्सी राम्रो हुने नगर क्षेत्रलाई दुवै उत्पादनको उदाहरणीयस्थलका रुपमा विकास गर्ने गरी नगरपालिकाले पनि बजेट विनियोजन गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिए ।

    नगरपालिकाको वडा नं ६ र ७ लाई फूल व्यवसायको हबका रुपमा विकास गर्न लागिएको पनि उनले सुनाए । नौ वटा वडा रहेको नगर क्षेत्रका प्रत्येक वडालाई एक÷एक उत्पादनको हबका रुपमा विकासका लागि पूर्वाधार तयार पारिएको नगरपालिकाले जनाएको छ ।

    चम्पादेवीमा वैदिक ग्राम

    नगरपालिकाको चम्पादेवीमुनि रहेको ह्वाइटहाउस डाँडाबाट काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका महत्वपूर्णस्थल देखिने भएकाले यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । चम्पादेवीको २७ रोपानी जग्गामा नेपाल महर्षि वैदिक फाउन्डेसनले वैदिक ग्राम निर्माण अन्तिम चरणमा पु¥याएको छ । दशैँअघि नै उद्घाटन गर्ने गरी वैदिक ग्रामको काम भइरहेको नगर प्रमुख बस्नेतले बताए ।

    प्राचीनकालदेखि नै प्रसिद्ध तीर्थस्थलको पहिचान बनाएको दक्षिणकालीमा वैदिक ग्रामको निर्माणसँगै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने आशा नगरपालिकाले लिएको छ । ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानको विश्वव्यापी प्रचारप्रसारमा लाग्नुभएका महर्षि महेश योगीका अमेरिकाका चेलाको विशेष सहयोगमा चम्पादेवीमा वैदिक ग्राम निर्माण भइरहेको छ ।

    वैदिक ग्राममा ध्यान साधनास्थल, वैदिक यज्ञस्थल, वैदिक पण्डितको आवासीयस्थल, प्रशिक्षणस्थललगायत संरचना तयार भइरहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले बताए ।

    याङ्लासीमा शैक्षिक पर्यटन प्रवद्र्धन गरिने

    वडा नं ५ मा रहेको विश्वभरका बौद्धमार्गीको पवित्रतीर्थस्थल याङ्लासीलाई शैक्षिक पर्यटनका रुपमा अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ । यो स्थलमा अहिले पनि वार्षिक हजारौँ बौद्धमार्गी विश्वका विभिन्न स्थलबाट आउने गरेका छन् । यहाँको माटोलाई विश्वका बौद्धमार्गीले निधारमा लगाएर श्रद्धा प्रकट गर्ने गरेका छन् ।

    नेपालकै पहिलो र दक्षिण एशियाको दोस्रो चन्द्रज्योति जलविद्युत् गृहलाई वाग्मती प्रदेश सरकारको सहयोगमा पर्यटकीय केन्द्रका रुपमा अघि बढाउन लागिएको छ । विद्युत् गृह नगरपालिकाको वडा नं ३ मा पर्छ । कोरोनाको सङ्क्रमण फैलनुअघि बिदाका दिन हजारौँ विद्यार्थीसमेत विद्युत् गृह हेर्न आउने गरेका थिए ।

    वडा नं ३ वडामा रहेको हात्तीवन रिसोर्टका कारण पनि नगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । वडा नं ४ वडामा रहेको अग्लो डाँडालाई पिक स्पटका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिने छ । वडा नं २ लाई प्रदेश सरकारले तरकारी ब्लकका रुपमा घोषणा गरेको छ ।

    उपत्यका जलमग्न हुँदा नै दक्षिणकाली वडा नं ६ बस्ती थियो भन्ने विश्वास गरिन्छ । शिखरापुर भनिने यो नगरमा राजा पचलीभैरवले समेत शासन गरेका थिए भन्ने भनाई बुढापाकाको रहिआएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन् ।

    हरिशङ्कर यात्राको मुख्य मन्दिर गोपालेश्वर, पौराणिक पात्र वाणासुरको छोरी उषामैयाँको दरबारसमेत वडा नं ६ को जङ्गलमा रहेको विश्वास गरिन्छ । यो स्थलमा अहिले पनि दरबारको भग्नावशेष रहेकाले उत्खनन गर्न पुरातत्व विभागलगायतलाई नगरपालिकाले अनुरोध गरेको छ । यहाँ भगवान् कृष्णसँग सम्बन्धित जात्रा पनि चलाइने परम्परा छ ।

    वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ । यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेत बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑