• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

      नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

      घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

      लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

      सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

      निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

      माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    होमपेज /  समाज

    रुकुममा टेलिफोन टावरमा समस्या

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण ३१, शुक्रबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६८ पटक पढिएको
  • रुकुम, साउन ३१ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ की सुनिता मगर अपराह्नको ४ बजे फोनमा कुरा गरिरहेका हुन्छन् । त्यतिबेला एक्कासी फोनमा कुराकानी बुझिँदैन । हेलोहेलो भन्दाभन्दै फोन कट्छ । एकछिन रिसले चुर परेर फत्फताउँछन् । एउटा गतिलो मोबाइल छैन जतिखेर काम परेको हुन्छ त्यतिखेर फोन बुझिदैन, बिग्रेको थोत्रो, उनले मोबाइललाई दोष दिन्छन् । तर त्यहाँ मोबाइल केही भएको हुँदैन । हुन्छ त केबल नेटवर्कको समस्या । उनको मोबाइलमा टेलिफोनको टावर हुँदैन । कुरा गर्दागर्दै अधुरो रहेको कुराकानीलाई पूरा गर्नका लागि अब उनले अर्को दिनको १० बजे कुर्नुपर्ने हुन्छ ।

    भुमे गाउँपालिका वडा नं १ लुकुमका रामकुमार बुढाले पनि फोनमार्फत गर्ने काम ४ बजेभन्दा अगाडि नै गरिसकेका हुन्छ । सबै काम सधैँ हतारमा किन भनेर सोध्दा उनी भन्छन्, आजको काम आजै छिटो सक्नुपर्छ, नत्र फेरि मोबाइलमा नेटवर्क गयो भने भोलि बिहानको घाम नझुल्किञ्जेलसम्म कुरेर बस्नुपर्छ । सिस्ने गाउँपालिका वडा नं २ की सविना खड्काको समस्या पनि उस्तै छ । उनी भन्छन्, ‘साँझको ५ बज्यो भनेजति नै इमरजेन्सी काम किन नपरोस् फोन गर्न पाइने होइन ।’ यस्तो समस्याबाट गुज्रिरहेका उनीहरु त केही उदाहरणीय पात्र मात्र हुन् । यस्तो समस्याबाट जिल्लाका हजारौँ नागरिकले वर्षैपिच्छे सास्ती खेपिरहेका छन् ।

    रुकुमपूर्वमा हरेक दिनको सूर्यास्तसँगै टेलिफोनको टावर अस्ताउने गरेको छ । जिल्लास्थित अधिकांश ठाउँका टेलिफोन टावर सोलारको ब्याट्रीबाट सञ्चालनमा रहेका छन् । वर्षाको यो समयमा धेरै पानी पर्ने र बादल लागिरहने हुनाले सोलारको ब्याट्री चार्ज हुन पाउँदैनन् । जसले गर्दा दिनको बिहानीसँगै टेलिफोनको टावर आउने र सूर्यास्तसँगै टेलिफोनको टावर पनि हराउने गरेको छ । जसले गर्दा जिल्लाका अधिकांश क्षेत्रका नागरिक सञ्चारको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा भएका टावरमा विद्युत् आपूर्ति नहुँदा फोन सेवा अवरुद्ध हुने गरेको छ ।

    पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ पेल्मा र भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगरलगायतका विभिन्न ठाउँमा सदावहार नेपाल टेलिकमको टावरले काम गर्दैन । यस गाउँपालिकाका अधिकांश ठाउँमा स्काइ फोन प्रयोग गरिरहेका छन्, जहाँ विगत सात वर्षदेखि स्काइ फोनले काम चलाउरुपमा काम गरिरहेको छ । भुमे गाउँपालिकामा भने एनसेल फोन प्रयोग गरिरहेका छन् ।

    जिल्लास्थित सबै नागरिकले नेपाल टेलिकमको टेलिफोन सेवा प्रयोग गर्न नपाएको उनीहरु बताउँछन् । कतिपय ठाउँका नागरिक भने फोन गर्नकै लागि घरबाट एकदेखि दुई घण्टासम्म हिँडेर फोनले काम गर्ने डाँडामा पुगेर कुरा गर्छन् । विसं २०७४ असोज २० गतेदेखि छुट्टै जिल्लाका रुपमा काम शुरुआत गरेको रुकुमपूर्वमा अहिलेसम्म टेलिकमको शाखा स्थापना हुन सकेको छैन ।

    जिल्लामा टेलिकमका कर्मचारी पनि छैनन् । जसले गर्दा बेलाबेलामा बिग्रिँने टावर मर्मत गर्नका लागि कर्मचारी बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म जिल्लावासी टेलिफोन सेवाबाट वञ्चित भएर बस्नुपर्ने बाध्यतामा हुन्छ । वर्षाको समयमा घाम नलाग्ने भएकाले सोलारको ब्याट्रीमा चार्ज हुन नपाउने र त्यसले गर्दा टावरले पनि काम नगर्ने टेलिकमले जनाएको छ ।

    टावरमा केही क्षति भयो भने भनेकै समयमा दक्ष जनशक्ति पु¥याउन सकिँदैन । जिल्लामा आवश्यक जनशक्तिको अभाव छ, टावरमा खराबी आएमा जिल्ला बाहिरबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता रहेको टावर देखवाल गर्ने रामबहादुर विश्वकर्माले बताए ।

    तीन वटा गाउँपालिका रहेको जिल्लाको यो समस्यालाई समाधान गर्न भन्दै टेलिकमले तीनवटै गाउँपालिकामा टावर निर्माण गर्ने भनिए पनि अहिलेसम्म सिस्ने गाउँपालिका वडा नं २ को सुद्रिमा मात्र टावर निर्माणको काम सम्पन्न भएको सिस्ने गाउँपालिका– २ का वडाध्यक्ष जीवन केसीले बताए । बाँकी अन्य ठाउँमा भने काम शुरु नभएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।रासस

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑