सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, साउन ३० । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।
समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए । रासस
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा