सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, साउन २१ । मंगलबार प्रहरीले गत साउन २ गते धनगढीमा ‘बम’ विस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेलालाई पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको ‘बम’ धनगढीको शहीद गेट नजिक निलम होटलमा गत २ गते विस्फोट भएको थियो ।
उक्त विस्फोटमा परि गम्भिर घाइते भएको राम सिंहको घटना भएकै राति उपचारको क्रममा मृत्यु भएको थियो भने, लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो ।
प्रहरी निगरानीमै रही १९ दिनसम्म उपचार गरिएका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । उक्त बम विस्फोटमा परि होटल सञ्चालकसहित पाँच जना घाइते भएको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा