• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

      विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ किन महँगियो ?

      बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

    होमपेज /  समाज

    चित्रकलामा चराहरू, मीना डंगोलका अलौकिक कला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण १९, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २२० पटक पढिएको
  • काठमाडौं, साउन १९ । पाँच दशकभन्दा लामो समय चराचुरुङ्गीलाई चित्रकलाको विषय बनाउँदै कलाकारिता गरेका प्रसिद्ध कलाकार तथा पंक्षीविद् स्व. हिरालाल डंगोलको सम्झनामा उनकै चित्रकार छोरी मीना डंगोलले शनिवार काठमाडौंमा एक दिने विशेष चित्रकला प्रदर्शनीमा आफ्ना चित्रकलाहरु प्रदर्शन गरिन् ।

    ‘हिरा बाई मीना डंगोल स् अ ट्रिब्यूट टु हिरा लाल डंगोल’ शीर्षकको चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले तयार पारेका विभिन्न चराचुरुङ्गीका आकर्षक चित्रकलाहरु समावेश गरिएको थियो ।

    दरबारमार्गस्थित होटल अन्नपूर्णको ठूलो हलमा आयोजना गरिएको चित्रकला प्रदर्शनीमा करिव तीन दर्जन चित्रकलाहरु प्रदर्शन गरियो । प्रदर्शनीमा राखिएका अधिकांश चित्रकलाहरुमा कलाकार डंगोलले लाटोकोसेरो ९उल्लू० का विभिन्न भाव–भंगिमाहरु प्रस्तुत गरेकी थिइन् ।

    प्रदर्शनीमा लाटोकोसेरोमै आधारित आधा दर्जनभन्दा बढि चित्रकला प्रदर्शन गरियो । ती मध्ये लाटोकोसेरोका समुहहरुको एउटै तस्बिरको मूल्य ३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । प्रदर्शनीमा ६५ हजार रुपैयाँ देखि ३ लाख ९० हजार रुपैयासम्मका चित्रकलाहरु राखिएका थिए । प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कलाकार डंगोलले काकाकुल, कालिज, सेतो बकुला, ठूलो डुन्डुल, लाटोको सेरो, हिम उल्लू, डाँफे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल, सेतो बकुलो, लामपुच्छ्रे आदि चराचुरुङ्गीलाई चित्रकलामा समावेश गरेकी थिइन् ।

    उक्त प्रदर्शनीको उद्घाटन पर्यटन व्यवसायी तथा द्वारिका होटल्स एण्ड रिसोर्टका अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठले गरेकी हुन् । प्रदर्शनीमा प्रदर्शन गरिएका चित्रकलाहरुको अवलोकन गर्दै पर्यटन व्यवसायी श्रेष्ठले स्व.हिरालाल डंगोलको गुण उनकी चित्रकार छोरी मीना डंगोलमा सरेको बताउँदै प्रदर्शित चित्रकलाले प्रकृतिको नजिक पुर्याएको धारणा व्यक्त गरिन् ।

    कलाकार मीना डंगोलले बुवा हिरालाल डंगोलकै प्रेरणाले आफू चित्रकलामा सक्रिय भएको बताउँदै आफ्नो चित्रकारितामा पंक्षीलाई नै मुख्य विषयवस्तु बनाउनुको कारण बुवासंगै सानिध्यता रहेको स्पष्ट पारिन् । चित्रकार डंगोलले प्रायः आक्रामक पंक्षीहरुलाई चित्रकलाका विषय बनाउदै आएकी छिन् ।

    केही वर्षअघि बुवा स्व.हिरालाल डंगोलसंगै आफ्ना चित्रकलाहरुलाई ‘बर्ड्स अफ नेपाल’ शीर्षकको सामुहिक चित्रकला प्रदर्शनीमार्फत प्रस्तुत गरिसकेकी चित्रकार मीना डंगोलले शनिवार पहिलो पटक एकल चित्रकला प्रदर्शनीमा सहभागिता जनाएकी हुन् ।

    चित्रकार डंगोलले आजको प्रदर्शनी पंक्षीमय भएको बताउँदै लाटोको सेरोको चित्रकला तयार पार्दा आत्मसन्तुष्ठि मिल्ने बताइन् । आजको प्रदर्शनीमा लाटोको सेरोका विभिन्न प्रजातिहरुलाई चित्रकलामा उतारिएको थियो ।

    प्रदर्शनीमा राखिएका करिव तीस भन्दा चित्रकलाकाहरु मध्यम क्यान्भासमा तयार पारिएका छन्, जसमा एक्रेलिकको प्रयोग गरिएको छ । यी चित्रकलाहरु विन्टन पेपरमा तयार पारिएका छन् ।

    खुकुरी रम तथा पाइलटद्वारा प्रायोजित यो प्रदर्शनीलाई नाफा (नेपाल एकेडेमी अफ फाइन आर्ट्स), बिसिएन (बर्ड कन्जरभेसन नेपाल), काठमाडौं लेडी जेसिस, डिएफएसके मोटर्स आदिले सहयोग गरेका छन् ।

    आजको प्रदर्शनीको एउटा अंश जेसिआई काठमाडौंमार्फत ‘छोरीलाई पनि शिक्षा’ शिर्षकको सामाजिक तथा शैक्षिक कार्यका लागि प्रदान गरिने प्रदर्शनीकी आयोजक तथा कलाकार मीना डंगोलकी छोरी लसना सिंह महर्जनले बताएकी छिन् ।

    को हुन् स्व. हिरालाल डंगोल
    कलाकार हिरालाल डंगोल सानैदेखि चित्र कोर्न तल्लीन बन्नु भएको थियो । उहाँ चित्रकलामै जीवन देख्नु भएको थियो । जर्मनका कलाकार एलेक्स मानबाट चित्रकलाको प्रशिक्षण लिनु भएका स्व. डंगोलले नेपालका प्रसिद्ध कलाकार लैनसिं वाङ्गडेलबाट पनि दुई वर्षको प्रशिक्षण लिएपछि चराचुरुङ्गी सम्बन्धि चित्रकलामा विशेषज्ञता हासिल गर्नु भएको हो । स्व. डंगोलले चराको चित्र तयार पार्ने क्रममा धेरै स्थानमा चराहरुको अध्ययन गर्नु भएको थियो । पोखरावाट माछापुच्छ्रे हिमालको फेदसम्म पुगेर चराचुरुङ्गीको अध्ययन गरेर चित्र कोर्नु भएका कलाकार डंगोल चराचुरुङ्गी सम्बन्धी चित्रकला तयार पार्ने विश्वप्रसिद्ध नेपाली कलाकार हुनुहुन्थ्यो । उहाँ चराका चित्रकलाहरु विश्वका अधिकांश स्थानमा पुगिसकेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

    जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक,…

    परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

    सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑