सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंग्लादेशका विकेटकिपर ब्याट्सम्यान मुशफिकुर रहीमले अष्ट्रेलिया विरुद्ध शतक ठोके, तर बंग्लादेशको टिम हार्यो । यो प्रतिस्पर्धामा अष्ट्रेलियाले टस जितेर डेविड वार्नर को शतक, आरोन फिंच र उस्मान ख्वाजाको अर्धशतकको मद्यतले ३८१ रन बनायो । यसको जबाफमा बंग्लादेशको टिम ३३३ रन मात्र बनाउन सक्यो । यसमा मुशफिकुर रहीमको शतकीय पारी पनि समावेश थियो ।
मुशफिकुर रहीमले ९७ बलमा ९ चौका र एक छक्काको मद्यतले १०२ रन बनाए । मुशफिकुर रहीमको वनडे करियरको सातौ सेन्चुरी थियो, तर यो बंग्लादेशको काम आएन किनभने बंग्लादेसी टाइगर्सको यो प्रतिस्पर्धामा ४८ रनले हारको सामना गर्नु पर्यो । अष्ट्रेलिया जहाँ यो जितसँगै विश्वकप २०१९ को अंकतालिकामा पहिलो स्थानमा पुगेको छ । यता, बंग्लादेश अहिले पनि पाँचौ स्थानमा छ ।
विश्वकपको इतिहासमा यो मुशफिकुर रहीको पहिलो सेन्चुरी हो । बंग्लादेशको तर्फबाट विश्वकपमा सेन्चुरी लगाउनेमा मुशफिकुर रहीम तेस्रा खेलाडी बनेका छन् । रहीमभन्दा पहिला महमदुल्लाहले २०१५ को विश्वकपमा २ सेन्चुरी लगाएका थिए । यता, शाकीब अल हसनले यो विश्वकपमा २ सेन्चुरी लगाइसकेका छन् । यो म्याच भन्दा पहिला मुशफिकुर रहीम आफनो फर्मको खोजीमा थिए । तर , यो म्याचमा उनले आफनो हराएको फर्म पाए तर टिमलाई जिताउन भने सकेनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा