मकवानपुर । मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् । नयाँ घर पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो),’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् । मकवानपुरको... विस्तृतमा