सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने समाचारहरू भ्रमपूर्ण भएको भन्दै आपत्ति जनाउनुभएको छ।
प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीलाई मन्त्री बनाउने वा हटाउने अधिकार केवल प्रधानमन्त्रीकै अधिकारक्षेत्रमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार बनेको यो सरकार असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी वहन गरिरहेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल आगामी निर्वाचन सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै छ।”
प्रधानमन्त्री कार्यालयले वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा