सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उर्लाबारी, मंसिर २८ । मोरङको विराटनगर महानगरपालिका–१७, धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् ।
छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सोक्रममा बिहीबार राति उनको मृत्यु भएको हो ।
छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा