सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , बैशाख १४। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ ।
आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो ।
बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।
योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा