सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोयटर्स, मस्को। भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार क्रेमलिनमा आयोजित एक समारोहमा नयाँ ६ वर्षे कार्यकालका लागि सपथ ग्रहण गरेका छन् । युक्रेनमा रुसको युद्धका कारण अमेरिका र अन्य धेरै पश्चिमी देशहरूले सपथ ग्रहण समारोह बहिष्कार गरेका थिए।
🔴 #LIVE: Inauguration ceremony of the newly elected President of the Russian Federation Vladimir Putin in Kremlin https://t.co/9pXO1dSzke
— MFA Russia 🇷🇺 (@mfa_russia) May 7, 2024
पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा सपथ लिएका थिए । यो त्यही ठाउँ हो जहाँ रूसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर III र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो। पुटिनले यसअघि सन् २००० मा पहिलो पटक राष्ट्रपति पदको सपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।
पुटिन सन् १९९९ देखि राष्ट्रपति र प्रधानमन्त्रीको रूपमा सत्तामा रहे। युक्रेनमा हजारौं सेना पठाएको दुई वर्षभन्दा बढी समयपछि उनले नयाँ कार्यकाल सुरु गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा