सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं
, बैशाख १४। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङ्गमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन् ।
प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरु सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन् ।
केहीबेरअघि नेपाल न्यूज बैंकसँग कुरा गर्दै थपलियाले भने— ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङ्गमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’
उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रवन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भैरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा