सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १५ बैशाख । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले २०५ रनको लक्ष्य दिएको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा २०४ रनको योगफल बनायो ।
वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रनको ७४ रनको पारि खेले ।
४५ बलको सामना गरेका चेजले नौ चौका र दुई छक्कासहित ७४ रन बनाए ।
ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन जोडे ।
नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा