सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ बैशाख । साताको पाँचौ दिन आज सुनको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैंयाले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य १० रुपैंयाले बढेर १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा