सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम , १६ वैशाख । शनिवार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भने, ‘बैठकको निर्णयअनुसार मतगणता सुरु हुन्छ । हामीले तत्कालै मतगणना सुरु गर्ने गरी तयारी गरेका छौँ ।’
इलाममा सदरमुकामको गौतमबुद्ध सभागृहमा मतगणनास्थल बनाइएको छ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि गणना हुन ढिलाइ भएको हो ।
यहाँ १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा