सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज १८। नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ ।
संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र विस्तार गर्न आफ्नो मुलुक तयार रहेको बताएका छन् । रासस
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा