सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी, फागुन २३ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही रु पाँच हजार जरिवाना गराएको छ ।
प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको कृष्णश्रवण गाउँपालिका–४, ९, ५ र महदेवा गाउँपालिका–१ र २ मा विद्युतको पोलबाट हुकिङ गरी विद्युत चोरी गरेको अवस्थामा १५ जनालाई मंगलबार र बुधबार पक्राउ गरी जरिवाना गरेको हो ।
प्राधिकरणले जिल्लामा व्यापकरुपमा विद्यतु चोरी हुन थालेपछि अभियान नै चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा