सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डबारे पुनः अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।
मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले दरबार हत्याकाण्ड सम्बन्धी हालसम्म प्राप्त प्रतिवेदनहरू अध्ययन गरी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइने बताएका हुन्।
यससँगै उनले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने विषयमा अध्ययन गर्ने निर्णय पनि गरेका छन्।
गृहमन्त्री गुरुङले विभिन्न निकायमा छानबिनका क्रममा रहेका हरेक फाइल खोल्ने र आवश्यक अनुसन्धानलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा