सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, पुस ३ अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो ।
ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उनको आज विहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
मृतको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । अटोरिक्सा र चालक कैलाली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा