सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १६ वैशाख । इलाम क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ ।
आइतबार बिहान मतगणनास्थल गौतमबुद्ध सभम गृहमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मत गणना गर्न सुरु गर्ने निणर्य गरेको हो ।
२६ भदौमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् उक्त क्षेत्रको रित्त पदका लागि हिजो (बैशाख १५) उपनिर्वाचन भएको थियो ।
मतदान शनिबार नै सम्पन्न भएसँगै मतगणना आजबाट सुरू हुँदै छ ।
मतदानपछि मतपेटिका संकलन गर्न आज बिहान ४ बजेसम्म समय लागेकाले पनि मतगणना सुरु गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा