सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ ।
वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा