काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य हुनेछ ।

मन्त्रिपरिषद्ले गत असोज १३ गते अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएको हो ।