सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एमबीबीएस/बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलन, नेपाल इन्टर्न चिकित्सकहरूको समान निर्वाह भत्ता, कार्यघण्टा तथा सम्बन्धित अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनरत डिल्ली हरिजनले सरकारसँग भएको पाँचबुँदे सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने घोषणा गरेका छन् ।
MBBS/BDS Intern Stipend Movement, Nepal का संयोजकसमेत रहेका हरिजनले प्रेस विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयनका लागि सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकायलाई १५ दिनको समयसीमा दिएका हुन् ।
हरिजनका अनुसार उनले गत २०८३ साउन १९ गतेदेखि आमरण अनशन सुरु गरेका थिए । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारको वार्ता टोलीसँग साउन २२ गते पाँचबुँदे सहमति भएपछि उनले अनशन स्थगित गरेका थिए ।
तर, सहमति भएको करिब ४८ दिन बितिसक्दा पनि सहमतिअनुसार ठोस निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उनको दाबी छ । पटक–पटक सम्बन्धित निकायमा पत्राचार, भेटघाट तथा ध्यानाकर्षण गराउँदा पनि विषय निर्णयको प्रतीक्षामै रहेको उनले बताएका छन् ।
हरिजनले १५ दिनभित्र पाँचबुँदे सहमतिअनुसार आवश्यक निर्णय गरी कार्यान्वयनको स्पष्ट प्रक्रिया अघि बढाउन सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।
उनले तोकिएको समयसीमाभित्र सहमति कार्यान्वयन नभए शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै सिंहदरबारको गेट अगाडि पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या, विशेषगरी नेसनल मेडिकल कलेजबाट उठाइएको विषयमा समेत सरकार र चिकित्सा शिक्षा आयोग थप गम्भीर र प्रभावकारी बन्नुपर्ने उनको माग छ ।
हरिजनलेMBBS / BDS इन्टर्न चिकित्सकका माग नयाँ वा असम्भव नभएको उल्लेख गर्दै समान काम, समान जिम्मेवारी र समान प्रकृतिको अनिवार्य इन्टर्नसिपमा संलग्न चिकित्सकबीच न्यायपूर्ण र समान व्यवहार हुनुपर्ने बताएका छन् ।
‘विगतमा भएको सहमति केवल कागजमा सीमित नरहोस् । सहमतिको वास्तविक अर्थ त्यसको कार्यान्वयन हो,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।
उनले आन्दोलनलाई थप कठोर अवस्थामा पुग्न नदिन चिकित्सा शिक्षा आयोगको बैठकमार्फत समस्या समाधान गर्नसमेत सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा