• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति

      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

      भेटवार्ता सकेर बाहिरिँदै कोरियाली विदेशमन्त्री

      जेनजी शहीदहरूको सम्झनामा संसद् परिसरमा शालिक शिलान्यास

      अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ

      बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

      अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म किन लिएन प्रहरीले जाहेरी ?

      रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

      खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

      मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन

      भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव फेला

      देश उठाउन हातेमालो गर्न आह्वानसहित एनभीएल टिम सगरमाथाले राख्यो प्रायोजकको ठाउँमा प्रधानमन्त्री कोषको क्युआर

      बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

      भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन

    होमपेज /  मुख्य समाचार

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना र विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर) अभियान जारी राखेको छ ।

    बाढीका कारण उर्लिएको तादी नदीमाथि नेपाली सेनाका सैन्य इन्जिनियरिङ टोलीले डोरीको पुल निर्माण गरिरहेका छन्।

    राष्ट्रिय सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्न पुल निर्माण भइरहेको हो।

    यससँगै प्रतिकूल मौसमका बीच प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन र अलपत्र परेका नागरिकको उद्धार गर्न हवाई उद्धार तथा राहत अभियान पनि चौबिसै घण्टा सञ्चालन भइरहेको छ।

    नेपालमा उद्धार तथा राहत अभियान तीव्र पारिएको दृश्यसहित नेपाली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी सार्वजनिक गरेको छ।

    नेपाली सेनाले ‘एक्स’मा गरेको अर्को पोस्टमा अन्य निकायसँगको समन्वयमा नुवाकोट र रसुवा जिल्लाका अत्यधिक प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि करिब २० वटा हेलिकोप्टर परिचालन गरिएको जनाएको छ।

    प्रतिकूल मौसम, विकट हिमाली भूगोल तथा बाढीका कारण प्रयोग गर्न मिल्ने हेलिप्याडको अभावका बाबजुद हवाई टोलीले निरन्तर राहत सामग्री ढुवानी र उद्धार कार्य गरिरहेका छन्।

    सेनाले सार्वजनिक गरेका दृश्यमा साँघुरा हिमाली खोँच हुँदै जोखिमपूर्ण अवस्थामा हेलिकोप्टर सञ्चालन गरी विस्थापित परिवारसम्म पुगिरहेको देखाइएको छ।

    भोटेकोशी बाढीपछि विकसित घटनाक्रमबारे नेपाल प्रहरीले पनि ‘एक्स’मार्फत जानकारी सार्वजनिक गरेको छ। प्रहरीले विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको जनाएको छ।

    यसैबीच, भारतले नेपालमा सञ्चालन भइरहेको मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर)अभियानमा निरन्तर सहयोग गरिरहेको छ।

    रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यलाई अघि बढाउन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गर्दै सुरुङभित्र जम्मा भएको पानी निकाल्ने तथा सुरुङको भित्री भागमा थप गहिराइसम्म उत्खनन गर्ने काम गरेको छ।

    उक्त संयुक्त प्रयासले सीमापार विपद् प्रतिकार्यका साथै भारतीय प्राविधिक विशेषज्ञ र नेपाली सुरक्षा निकायबीचको प्राविधिक सहकार्यलाई थप बलियो बनाएको छ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ‘एक्स’मा पोस्ट गर्दै स्थलमै प्राविधिक विशेषज्ञता उपलब्ध गराउनुका साथै आसपासका समुदायलाई मानवीय सहायता प्रदान गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

    विशेषज्ञ टोलीले सुरुङभित्र जमेको पानी सफलतापूर्वक निकालेपछि कामदारलाई थप गहिराइसम्म उत्खनन गर्न र जोखिमयुक्त भागलाई सुरक्षित बनाउन सहज भएको छ। भारी मेसिन तथा उच्च क्षमताका उपकरणलाई सुरुङको मुखसम्म पु¥याउन इन्जिनियरिङ टोलीले अस्थायी पहुँच मार्गसमेत निर्माण गरिरहेको छ।

    प्राविधिक उद्धार तथा निर्माण कार्यसँगै भारतीय टोलीसँग आएका स्वास्थ्यकर्मीले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

    ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा…

    कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल…

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो…

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑