सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्ट रहेको घरबाट २४ वटा शव फेला परेका छन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा सोमबार उद्धार टोलीले मिनिमार्ट रहेको घरभित्रबाट २४ वटा शव फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फेला परेका शवमध्ये १० वटा शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ। बाँकी शव पनि पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी सोही अस्पताल पठाउने तयारी भइरहेको नुवाकोट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
बाढीले बगाएर ल्याएको माटो र बालुवाले घरभित्र ठूलो क्षति पुगेको छ। घरमा माटो तथा बालुवा जमेकाले उद्धार टोलीले थप शव हुनसक्ने आशंकामा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा