• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक

      सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

      भोटेकोशी बाढीको पीडा : आफन्तको खोजीमा अस्पताल–अस्पताल धाउँदै परिवार

      रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार

      वसन्तपुरमा मनाइयो गाईजात्रा, हेनुहोस् फोटोहरु

      रसुवाको भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार

      भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन

      सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

      बाढीको रिपोर्टिङ गर्न आएका विदेशी पत्रकारलाई कानुनी झन्झट, अनुमति लिनै हैरानी

      जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

      बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड

      बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

      त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

      भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

      रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

    होमपेज /  अन्य

    भोटेकोशी बाढीको पीडा : आफन्तको खोजीमा अस्पताल–अस्पताल धाउँदै परिवार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १३, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ ।

    बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन छन् ।

    बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू निरन्तर खोजीमा जुटिरहेका छन् ।

    बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानसरोवर यात्राका क्रममा ५४ जना सम्पर्कविहीन भएकामध्ये आफन्तहरु धेरै जना परेको सुनाइन ।

    रमीताले सम्पर्कविहीनमध्ये उनका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाइन् । उनीहरू मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताइन् ।

    उनले भनिन्, ‘मेरो दाइ, अंकल, अनि साथी अनि सानोबुवा हुनुहुन्छ । उहाँहरू टिमुरेमा बास बस्नुभएको अनि लाइफ होलिडेबाट उहाँहरू कैलाश यात्रा जानुभएको हो । ५४ जनाको ग्रुपमा नारायण बानियाँतर्फ २० जना हुनुहुन्थ्यो । अरू दाइहरूको आ—आफ्नै ग्रुप थियो । उहाँहरू बिहान साढे आठ बजेसम्म अफिसको सम्पर्कमा आउनुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न ।’

    बाँनियाले विशेषगरी नारायण बानियाँको परिवारको अवस्था संवेदनशील रहेको भन्दै तत्काल खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन आग्रह गरिन । बानियाँकी ६ वर्षीया छोरी र श्रीमती रहेको उनले बताइन् ।

    उनले सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गर्न आग्रह गरिन् ।

    यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ साबुखानीका प्रकाश श्रेष्ठले आफ्ना दाइ रुद्रबहादुर श्रेष्ठ तीन–चार दिनदेखि सम्पर्कविहीन रहेकाले खोजीका लागि आएको बताए । रुद्रबहादुर यही १० गते रसुवा गएको उनले बताए ।

    ‘मेरो दाइ रुद्रबहादुर श्रेष्ठ हराउनुभएको छ । तीन–चार दिनदेखि सम्पर्क हुन सकेको छैन । यही १० गते रसुवा जानुभएको हो,’ प्रकाशले भने । रुद्रबहादुरको परिवारमा श्रीमती र दुई जना बालबालिका छन् ।

    यस्तै, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का विशाल नेपाली पनि सम्पर्कविहीन छन् । ट्रमा सेन्टरमा पुगेका सीताराम नेपालीले विशाल नेपाली सम्पर्कविहीन भएको जानकारी दिए ।

    सीतारामका अनुसार विशाल भ्यान चालक हुन् । उनी भदौ ९ गते बेलुका रसुवा पुगेका थिए। भोलिपल्ट बिहान करिब ७ बजेसम्म परिवारसँग सम्पर्कमा रहेको भए पनि त्यसपछि बाढी आएसँगै उनको सम्पर्कमा नरहेको जानकारी दिए ।

    उनले भने, ‘लासहरू थुप्रै हे¥यौँ, उद्धार गरेका क्षेत्रमा पनि हेर्यौं तर उहाँ भेटिनुभएन । अहिलेसम्म बेपत्ता हुनुहुन्छ ।’

    उनले खोजीका क्रममा घाइतेहरू राखिएको स्थानदेखि शव भेटिएका ठाउँ र उद्धार गरिएका विभिन्न क्षेत्रमा पुगेर खोजी गरे पनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न नसकेको बताए ।

    विशालको करिब ६ महिनाअघि मात्रै विवाह भएको र परिवारमा उनकी श्रीमती रहेको सीतारामले जानकारी दिए ।

    यस्तै, नुवाकोटको लिखु गाउँपालिका–४, चौघडाका सन्तोष राई आफ्ना भाइसहित पाँच जना बेपत्ता भएको बताए ।

    राईका अनुसार उनका भाइ करिब ३१ वर्षका सञ्जीव राई विद्युतीय (ईभी) गाडी लिन टिम्बुरे भन्सार पुगेका थिए । उनी भदौ ९ गते साँझ करिब ७ बजे टिम्बुरे पुगेका थिए । त्यहाँ पुगेपछि खाना खाएर सुतेको जानकारी परिवारले पाएको थियो ।

    भोलिपल्ट भदौ १० गते बिहान परिवारले फोन गरी उनीहरू कहिले फर्किने भनेर सोध्दा सञ्जीवले चिया खाइसकेको र खाना खाएर करिब ११ बजे हिँड्ने बताएका थिए ।

    बिहान करिब साढे ८ बजेसम्म उनीसँग सम्पर्क भइरहेको थियो । त्यसपछि भने टिम्बुरे क्षेत्रमा भेल आएको र फोन सम्पर्क नभएको उनले बताए ।

    सञ्जीवसहित सोही समूहका पाँच जना बेपत्ता छन्। उनीहरूमध्ये करणबहादुर दमाई, चित्र बुढाथोकी, अनिल तामाङ र सुमन कार्की रहेको राईले जानकारी दिए ।

    सञ्जीव नयाँ ईभी गाडी काठमाडौं ल्याउने र शोरुममा राखेपछि पुनः टिम्बुरे जाने क्रममा थिए । सञ्जीवका ११ वर्षका छोरा छन् भने उनकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको उनले बताए ।

    यसैगरी, नुवकोटका बासुदेव पाण्डले रसुवा धारापानी घर भएका बलराम लामिछाने र उनका भाइ कृष्ण लामिछाने बाढीमा परेर सम्पर्कविहीन भएको बताए ।

    बाढीमा बेपत्ता भएका पाण्डले दुवै दाजुभाइ चीनबाट सामान ओसारपसार गर्ने चालकका रूपमा काम गर्दै आएको पाण्डले बताए ।

    पाण्डेका अनुसार बलरामसँग घटनाको अघिल्लो रातसम्म परिवारको सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क हुन नसकेपछि परिवारले घटनाबारे जानकारी खोज्न थालेको हो । समाचार अनुसार उनीहरू बाढीमा फसेको हुनसक्ने आशंका भएको पाण्डेले बताए ।

    बलरामको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा गरी पाँच जना छन् । उनका बुवासहित परिवारका दुई जना ज्येष्ठ सदस्यसमेत अशक्त अवस्थामा छन् । बलरामका बुवासमेत मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण थप अशक्त अवस्थामा रहेको पाण्डेले जानकारी दिए ।

    परिवारजनले रसुवा पुगेर समेत खोजीको प्रयास गरेका छन् । स्थानीय बाटो हुँदै रसुवा पुगे पनि बेपत्ता दाजुभाइबारे कुनै जानकारी प्राप्त नभएपछि उनीहरू काठमाडौं फर्किएको बताए ।

    परिवारले अस्पताल तथा सम्भावित उद्धार केन्द्रमा समेत खोजी गरिरहेको जनाएको उनले बताए । ट्रमासँगै राजधानीका विभिन्न अस्पतालमा आफन्तको खोजीमा बाढी प्रभावितहरुको भीड देखिन्छ । वेपत्ताको खोजीका लागि नाम लेखाउनेहरुको पनि उत्तिकै लाइन देखिने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार

    वसन्तपुरमा मनाइयो गाईजात्रा, हेनुहोस् फोटोहरु

    भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

    विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

    भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

    मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न…

    सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    भोटेकोशी बाढीको पीडा : आफन्तको खोजीमा अस्पताल–अस्पताल धाउँदै…

    रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला,…

    सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १…

    नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार…

    नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो…

    आर्थिक

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    रसुवा बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑