• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

      बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गर्ने प्रस्ताव

      भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

      मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?

      सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस

      भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने

      भोटेकोशी नदीमा फेरी बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

      जलवायु विपद् सामना गर्न नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने

      रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

      रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

      भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन

      रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

      गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

      बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनस्र्थापनामा तीव्रता दिन निर्देशन

      बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन

    होमपेज /  समाचार

    बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गर्ने प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । सरकारले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीको तलबबाट निश्चित रकम कट्टागरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रस्ताव गरेको छ ।

    विहीबार बसेको सचिव स्तरीय बैठकका लागि प्रस्तावित निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केलबाट दुई दिन बराबर, राजपत्र अनंकित वा सो सरहका कर्मचारीबाट पाँच दिन बराबर, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट सात दिन बराबर तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब कट्टा गरिनेछ ।

    उक्त रकम २०८३ भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले मिलाउने प्रस्ताव गरिएको छ । यसबाट संघीय सरकारका कर्मचारीबाट मात्रै करिब ३६ करोड रुपैयाँ कोषमा योगदान पुग्ने अनुमान गरिएको छ ।

    त्यसैगरी प्रदेश सरकार, स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत सोहीबमोजिम तलब तथा पारिश्रमिकबाट रकम योगदान गर्न आह्वान गर्ने प्रस्ताव गरिएको छ ।

    प्रस्तावित निर्णयमा रसुवाका तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्ने उल्लेख छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार र सार्वजनिक सेवाको पुनःसञ्चालन तत्काल अघि बढाउने प्रस्ताव पनि गरिएको छ । प्रभावित तथा जोखिममा रहेका नागरिकको खोजी, उद्धार, राहत र अस्थायी बसोबासलाई उच्च प्राथमिकतामा राखी समन्वयात्मक रूपमा काम गर्ने निर्णय प्रस्तावित छ ।

    विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायले आफ्ना स्रोत, साधन र जनशक्ति तदारुकताका साथ परिचालन गर्नुपर्ने तथा आवश्यकताअनुसार सार्वजनिक बिदाका दिनमा समेत कर्मचारीलाई काममा खटाउने व्यवस्था मिलाउने प्रस्ताव छ ।

    त्यस्तै, अत्यावश्यक कामबाहेक कर्मचारीलाई काजमा नखटाउने र बिदा स्वीकृत नगर्ने तथा हाललाई संघीय मन्त्रालय तथा निकायले प्रदेश र स्थानीय तहका कर्मचारीलाई केन्द्रमा बोलाएर गोष्ठी, सेमिनार तथा तालिमजस्ता कार्यक्रम सञ्चालन नगर्ने प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

    सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस

    भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने

    भोटेकोशी नदीमा फेरी बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    जलवायु विपद् सामना गर्न नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने

    रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग…

    बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा…

    भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

    मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र…

    नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    आर्थिक

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    रसुवा बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑