• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

      त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

      रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

      नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त

      आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

      आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

      बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

      बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गर्ने प्रस्ताव

      भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

      मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?

      सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस

      भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने

      भोटेकोशी नदीमा फेरी बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

      जलवायु विपद् सामना गर्न नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने

    होमपेज /  समाचार

    हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ११, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४३ पटक पढिएको
  • हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी

    काठमाडौं । श्रम संस्कृति पार्टीका नेता ध्रुव राईले देश यतिबेला गम्भीर दुःख र विपत्तिको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरू राहत, उद्धार तथा पुनर्निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।

    बिहीबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो विपद्बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलले सरकारलाई पूर्ण सहयोग गर्दै पीडितको पक्षमा मानवीय भावनाका साथ काम गर्ने सहमति गरेको बताए।

    उनले भने, ‘देश दुःखमा छ । धेरैले ज्यान गुमाएका छन्। यो दुःखद घटनामा सबै राजनीतिक दल एकढिक्का भएर राहत, उद्धारदेखि सबै कामलाई अगाडि बढाउन सहमत भएका छौँ।’

    राईले आफ्नो पार्टीले पनि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि कार्यकर्ता तथा युवाहरू परिचालन गरिरहेको बताए । पार्टीका आरएन राईको नेतृत्वमा टोली फिल्डमा पुगेर काम गरिरहेको र विभिन्न जिल्लाबाट सयौँ व्यक्ति उद्धार अभियानमा सहभागी हुन थालेको उनको भनाइ थियो।

    पार्टीले पीडितलाई सहयोग गर्न चाहने व्यक्ति तथा शुभेच्छुकका लागि क्यूआरमार्फत सहयोग संकलनको व्यवस्था गरेको उल्लेख गर्दै उनले संकलित रकम प्रत्यक्ष नगदका रूपमा बाँड्ने योजना नरहेको स्पष्ट पारे।

    सहयोगलाई आवश्यक सामग्री खरिद तथा राहत व्यवस्थापनमा प्रयोग गरी सरकारको निगरानीमा पारदर्शी ढंगले वितरण गरिने उनले बताए ।

    विभिन्न राजनीतिक दल वा संस्थाले छुट्टाछुट्टै सहयोग संकलन गर्न थालेमा पारदर्शितामाथि प्रश्न उठ्न सक्ने विषयमा उनले शंका लाग्ने व्यक्तिलाई सरकारकै राहत कोषमा सहयोग गर्न आग्रह गरे।

    आफूहरूमाथि विश्वास गर्नेहरूले भने पार्टीले सञ्चालन गरिरहेको राहत अभियानलाई सहयोग गर्न सक्ने उनको भनाइ थियो।

    राईले संकलित रकमको दुरुपयोग नहुने दाबी गर्दै पार्टीले यसअघिदेखि नै आफ्ना गतिविधि पारदर्शी ढंगले सञ्चालन गर्दै आएको बताए।

    पार्टी अध्यक्ष बाहिर रहेकाले संकलित रकमलाई भविष्यमा कसरी सरकारको खातासँग समन्वय गर्ने भन्नेबारे औपचारिक निर्णय भइनसकेको उनले जानकारी दिए।

    यसैबीच, विपद्का क्रममा केही व्यक्तिबाट देखिएका अमानवीय गतिविधिप्रति उनले कडा आपत्ति जनाए । मृतकको कानबाट समेत सुन निकालिएको दृश्य आफूले देखेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने माग आफूले व्यक्तिगत रूपमा गृहमन्त्रीसमक्ष राखेको उनले बताए।

    राईले विपद्पछिको राहत र उद्धारमा मात्र सीमित नभई प्रभावित क्षेत्रको वैज्ञानिक र दिगो पुनर्निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । विगतका विपद्पछि जनभावना क्रमशः सेलाउँदै जाँदा पुनर्निर्माणका काम अधुरा रहने गरेको उल्लेख गर्दै उनले यसपटक त्यस्तो हुन नदिन आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

    त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

    रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

    आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो…

    त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन,…

    रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा,…

    नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार…

    नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    आर्थिक

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    रसुवा बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑