• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

      रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

      चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

      रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

      बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीनबाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीन

      नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

      भोटेकोशी बाढी स् बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

      रसुवाको बाढी स् २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

      रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

      चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

      बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु, २६५ जना वेपत्ता

      अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

      बाढी आएपछि उद्धार गर्ने कि बाढी आउनुअघि नै ज्यान जोगाउने ?

      भोटेकोशी बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित)

    होमपेज /  समाचार

    अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ ।

    प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो । हेलिकप्टर अवतरणसँगै आयोजनाको वास्तविक क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ । उद्धार, क्षतिको आकलन र विद्युत् सेवा पुनस्र्थापनाको कामलाई तीव्र बनाउन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली पनि प्रभावित क्षेत्रमा परिचालित भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनस्र्थापना गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन् । त्यसपछि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ नेतृत्वको टोली बिहीबार बिहानैदेखि फिल्डमा खटिएको छ ।

    टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणा सहभागी छन् । टोलीले प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन, उद्धार समन्वय र विद्युत् पुनस्र्थापनाको प्रगति अनुगमन गरिरहेको प्राधिकरणले जनाएको छ ।

    बाढीका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने काम पनि अघि बढाइएको छ । प्राधिकरणका अनुसार सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटका खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ ।

    नुवाकोटका अन्य प्रभावित क्षेत्रमा गरिएको स्थलगत निरीक्षणका क्रममा ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरेर विद्युत् आपूर्ति सञ्चालन गर्न सकिने सम्भावना देखिएको प्राधिकरणले जनाएको छ ।

    त्यसअनुसार चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय परिचालन गरी प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा पुनस्र्थापना गर्ने प्रयास जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

    बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

    प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

    चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

    रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

    बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय,…

    प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा…

    आर्थिक

    रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    कामना सेवा विकास बैंकद्धारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑