• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

      रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

      चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

      रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

      बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीनबाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीन

      नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

      भोटेकोशी बाढी स् बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

      रसुवाको बाढी स् २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

      रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

      चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

      बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु, २६५ जना वेपत्ता

      अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

      बाढी आएपछि उद्धार गर्ने कि बाढी आउनुअघि नै ज्यान जोगाउने ?

      भोटेकोशी बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित)

    होमपेज /  समाचार

    बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीका तटीय क्षेत्रमा प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विपद्पछि प्रभावित क्षेत्रमा प्रहरी जनशक्ति व्यापक रूपमा परिचालन गरिएको जानकारी दिए ।

    उनले भने, ‘भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँ र पूर्वी नवलपरासी समेत प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ ।’

    उनले रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ प्रहरीमध्ये ३२ जना प्रहरी सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन रहेको बताए । बाढी तथा विपद्का कारण विभिन्न जिल्लामा हालसम्म १०० वटा शव फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिएका छन् ।

    उनले भने, ‘रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जना प्रहरीमध्ये ३२ जना प्रहरी सम्पर्कमा आएका छन् भने २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन् । यसैगरी हालसम्म विभिन्न जिल्लाहरूमा १०० वटा शव फेला परेको छ । यस प्राकृतिक विपद्लाई मध्यनजर गर्दै नेपाल प्रहरीबाट केन्द्र अर्थात् प्रहरी प्रधान कार्यालयबाट र स्थानीय प्रहरीहरू समेत परिचालन भएको अवस्थाहरू छ ।’

    उनले उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक चन्दबहादुर बुढाथोकीको कमान्डमा थप मेडिकल टोलीसहित २२ जना प्रहरी रसुवातर्फ पठाइएको बताए । खोज तथा उद्धारका लागि चारवटा ड्रोनसमेत परिचालन गरिएको उनले उल्लेख गरे ।

    उनकाअनुसार प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रहरीतर्फबाट मात्रै ३ हजार ३१८ जना जनशक्ति परिचालन गरिएको छ । प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र जनशक्ति व्यवस्थापन गरिरहेको जनाएको छ ।

    यसैगरी शव व्यवस्थापन, मुचुल्का लेखन, कानुनी सहायता तथा समन्वयका लागि प्रहरी नायव महानिरीक्षक सुदर्शनप्रसाद कोइरालालाई आपत्कालीन समन्वय केन्द्रमा खटाइएको उनले बताए । प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराको कमान्डमा ‘रिलिफ एन्ड रेस्क्यु’ टोलीसमेत रसुवातर्फ परिचालन गरिएको बताए ।

    नेपाल प्रहरीले बाढी तथा विपद् प्रभावित जिल्लामा उद्धार, खोज तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई फोकल पर्सनका रूपमा समेत परिचालन गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

    प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५ भन्दा बढी उडान सञ्चालन

    चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

    रसुवा बाढी : ५ हेलिकप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन, १७७ जनाको सकुशल उद्धार

    बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीनबाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको उद्धार र खोजी तीव्र, २८ प्रहरी अझै सम्पर्कविहीन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय,…

    प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा…

    आर्थिक

    रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    कामना सेवा विकास बैंकद्धारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑