सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोला किनारमा बिहीबार बिहान पाँच जनाको बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको हो।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। यस्तै, स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये एक महिलाको शवको बायाँ खुट्टा घुँडादेखिको तलको भाग नभएको बताइएको छ।
फेला परेका पाँचै शवको हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धानसँगै शवको पहिचान गर्ने कार्य भइरहेको जनाएको छ।
कुनै परिवारका सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा