सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तराई–मधेशमा देखिएको धार्मिक तनावका बीच पार्टीका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारी, कोशी र मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिसँग भर्चुअल छलफल गर्दै सभापति थापाले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नु वर्तमान परिस्थितिको सबैभन्दा ठूलो दायित्व भएको बताए।
उनले हिंसा, तोडफोड, आगजनी तथा कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे। पार्टीका सदस्य वा कार्यकर्ता नै त्यस्ता गतिविधिमा संलग्न भएको पाइए पनि कुनै छुट नदिइने उनको भनाइ थियो।
थापाले भने, “पार्टीका सबै नेता तथा कार्यकर्ताले संयमित, जिम्मेवार र जनउत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ। हिंसा, तोडफोड, आगजनी वा कानुनविपरीत कुनै पनि गतिविधिमा संलग्न हुने व्यक्तिलाई नेपाली कांग्रेसले कुनै पनि हालतमा संरक्षण गर्दैन।”
उनले लोकतान्त्रिक व्यवस्थामा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै मुलुकमा शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र आमजनताले सरकारलाई सहयोग गर्नुपर्ने बताए।
सभापति थापाले पछिल्ला घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न, घाइतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा पीडितलाई न्याय दिलाउन सरकारसँग कांग्रेसको स्पष्ट माग रहेको पनि बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा