सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवै धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।
आइतबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकै दिनमा उल्लेख्य रूपमा बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भई ४ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा