• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे ८ वर्ष कैद

      मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको ध्यानाकर्षण

      युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध

      काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

      प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

      सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

      भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

      साउनमा पनि बैंकहरूको ब्याजदर घट्यो, कुनले बैंकले कति घटाए ?

      मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

      गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

      केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

      सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

      शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

    होमपेज /  समाचार

    काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३२, बिहिबार (५६ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

    सम्मेलनमा फोनिजमा आबद्ध विभिन्न जातीय पत्रकार संगठनहरू तामाङ पत्रकार संघ, किराँत राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारु पत्रकार संघ नेपाल, मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ तथा शेर्पा सञ्चार समूह सह–आयोजकका रूपमा सहभागी रहनेछन् ।

    संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवद्र्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा, विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजले जनाएको छ ।

     

    नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । यही आवश्यकतालाई मध्यनजर गर्दै सम्मेलन आयोजना गर्न लागिएको हो ।

     

    आयोजकका अनुसार सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेशागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ ।

    साथै आदिवासी समुदायको जल, जमिन, जंगल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव तथा जलवायु न्यायमा सञ्चार माध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् ।

    सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते सञ्चालन हुनेछ भने साउन २६ गतेदेखि २७ गते बिहानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया तथा खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन तथा पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिनेछ ।

    फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सम्मेलनबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

     

    सम्मेलनमा २७ देशका करिब ६० जना अन्तर्राष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि तथा नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० प्रतिनिधि, जातिय पत्रकार संगठनहरुबाट करिब १०० सहित कुल करिब ५०० जना मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न देशका आदिवासी पत्रकार संगठनका प्रतिनिधि, सञ्चार विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा मानवअधिकारकर्मीहरूको समेत सहभागिता रहनेछ ।

     

    सम्मेलन अवधिमा साउन २७ गते फोनिजको २७औँ स्थापना दिवस (वार्षिकोत्सव) विशेष कार्यक्रमका साथ मनाइनेछ । सो अवसरमा मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउने पत्रकार तथा सञ्चारकर्मीलाई फोनिज अवार्ड प्रदान गरिने कार्यक्रम पनि रहेको छ ।

     

    फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र’ जारी गरिनेछ, जसमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवद्र्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चार माध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटिनेछ ।

    साथै आदिवासी जनजातिका अधिकार, समसामयिक सवाल, मातृभाषा पत्रकारिताको अभ्यास, उपलब्धि, चुनौती र भावी कार्यदिशा समेटिएको फोनिज प्रतिवेदन समेत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

     

    आयोजकका अनुसार यो सम्मेलन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई विश्वभर फैलिएका आदिवासी मातृभाषी पत्रकारहरूको साझा आवाजलाई सशक्त बनाउने, भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणमा सञ्चार माध्यमको भूमिका थप प्रभावकारी बनाउने तथा लोकतान्त्रिक, समावेशी र बहुभाषिक सञ्चार प्रणाली निर्माणतर्फ महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

     

    सम्मेलनको तयारीका लागि नेवा पत्रकार राष्ट्रिय दबुसहित विभिन्न संघ संस्थाहरुसँग छलफल तथा बैठकहरु निरन्तर शुरु भइसकेको फोनिजका महासचिव समीर बलामीले बताएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे ८ वर्ष कैद

    युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध

    मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

    गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

    शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई…

    मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको…

    युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा…

    काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७…

    सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    आर्थिक

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑