सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सोमबार बिहान काठमाडौंका तीन प्रमुख मिडिया हाउसको गेट अगाडि शंकास्पद रूपमा गाडी राखिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको प्रवेशद्वार नजिक राखिएका गाडीहरू प्रहरीले क्रेनको सहायताले हटाइसकेको छ।
प्रहरी अनुसन्धानका क्रममा कान्तिपुर पब्लिकेसन्सको गेटमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।
उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहे पनि जयसवालले नै चलाउँदै आएको पुष्टि भएको छ। जयसवाल रौतहटका निवासी हुन्। उनी एमालेबाट रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवारका छोरा हुन्।
गरुडा नगरपालिकाका प्रमुख कलवारले आफ्नो छोराले करिब एक महिनाअघि उक्त गाडी खरिद गरेको जानकारी दिएका छन्। उनका अनुसार गाडीको नामसारी प्रक्रिया अझै सम्पन्न नभएकाले बैंककै नाममा दर्ता रहेको हो।
‘हो, उक्त नम्बरप्लेटको गाडी मेरो छोरा रविले चढ्ने गरेको थियो। करिब एक महिना जति भयो गाडी किनेको। नामसारी प्रक्रिया पूरा नभएकाले अहिले पनि बैंककै नाममा छ,’ मेयर कलवारले बताएका छन्।
रवि जयसवाल केही महिनाअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए। उनलाई गत जेठ ८ गते तत्कालीन महामन्त्री भूपदेव शाहले पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेका थिए।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले तीनै स्थानबाट शंकास्पद रूपमा राखिएका गाडी हटाइसकिएको र घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको बताएका छन्।
प्रहरीले गाडीहरू त्यहाँ कसले, किन र कुन उद्देश्यले राखेको भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म घटनासम्बन्धी थप आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा