• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

      कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

      चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

      सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन

      विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

      नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

      नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

      स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

      स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

      सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    होमपेज /  समाचार

    विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २, मंगलबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

    घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

    प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन् । विशेषगरी बालबालिकाको पढाइ, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको गुनासो छ ।

    संघर्ष समितिका संयोजक वीरबहादुर परियारले व्यवस्थापनबिनै बस्ती हटाइएकाले प्रभावित परिवार अन्यायमा परेको बताए । उनका अनुसार विस्थापित भएका ७५१ घरपरिवारमध्ये हाल ११५ परिवार मात्रै होल्डिङ सेन्टरमा बसिरहेका छन् भने अधिकांश परिवार बाध्य भएर भाडाका कोठामा आश्रय लिन पुगेका छन् ।

    ‘होल्डिङ सेन्टर अघोषित कारागारजस्तै बनेको छ । त्यहाँ आधारभूत सुविधाको समेत अभाव छ । स्थायी बसोबासको व्यवस्था नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ,’ उनले भने ।

    ‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि भएको डोजर आतंकविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको ब्यानर बोकेर प्रभावित परिवारहरूले नाराजुलुस समेत निकालेका थिए । उनीहरूले बिनाविकल्प डोजर चलाउने कार्य बन्द गर्न, भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न तथा विस्थापित परिवारको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

    प्रदर्शनकारीहरू भत्काइएको बस्ती क्षेत्रबाट साझा चोक हुँदै कोहलपुर चौराहासम्म पुगेका थिए ।

    गत वैशाख २६ र २७ गते कोहलपुर नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेको करिब ३६ बिघा क्षेत्रफलमा बनेका १४८ वटा घरटहरा हटाएको थियो । त्यसपछि नगरपालिकाले अस्थायी बसोबासका लागि १६ स्थानमा होल्डिङ सेन्टर स्थापना गरे पनि हाल तीनवटा केन्द्रमा मात्रै प्रभावित परिवारहरू बसोबास गर्दै आएका छन् ।

    नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार हाल तीनवटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिक आश्रित छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

    मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

    ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

    कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

    सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो…

    मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका…

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

    बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ :…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑