सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई कुनै विकल्पबिना उठिबास गराउने गरी टहरा भत्काउने कार्यप्रति आपत्ति जनाएको छ।
आइतबार जारी विज्ञप्तिमा पार्टीले उक्त कार्यलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन। समुचित पुनर्बासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौँ।”
पार्टीले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिले पीडित परिवारलाई विचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको बताएको छ।
त्यस्तै, विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई पार्टीले संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा संगठित हुने अधिकार खोस्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
यसैगरी, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने चेतावनी पनि दिइएको छ।
पार्टीले हालै सरकार गठनपछि बजारमा महँगी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न माग गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा