• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ३, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  प्रदेश

    इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ चैत्र ६, शुक्रबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४६ पटक पढिएको
  • सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।

    इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्याएसम्म दण्डित गर्नुपर्छ ।’ यसका लागि सरकारले गर्नुपर्ने पहल र प्रयासहरु भईरहेको उनले संसदलाई जानकारी दिए । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको र विभिन्न प्रमाणहरुको पुष्टिका लागि सम्बन्धित पक्ष लागिरहेको उनले बताए ।

    प्रदेशसभा बैठकमा आफ्नो नाम जोडेर आएका टिप्पणीप्रति मुख्यमन्त्रीले दुख व्यक्त गरे । आफूले मृतक इनिशा घटनापछि उनकी आमालाई भेटेको र दोषिको पहिचान गरी छोरीलाई न्याय दिलाउने बिषयमा कुराकानी गरेको भए पनि बाहिर अरु नै बिषय आएको भन्दै दुखेसो पोखे ।

    ‘घटनाको बिषयमा थाहा पाएपछि आफ्नो कर्तव्य ठानेर मृतकको परिवारलाई भेट्न गएको थिएँ’, मुख्यमन्त्री कँडेलले भने, ‘इनिशाकी आमासंग घटनामा संलग्नहरूलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारबाही हुन्छ नै, प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजीकरण गर्ने कुरा व्यक्त गरेको थिएँ ।’

    प्रदेशसभा बैठकमा भाग लिँदै नेकपाका सांसद रणसिंह परियार र उर्मिला बिकले पनि इनिशा विक हत्या प्रकरणमा संलग्नलाई कारवाहीको प्रक्रिया कहाँ पुग्यो भनि सरकारलाई प्रश्न गरेका छन् । कर्णालीको राजधानी प्रदेशकै मुटु वीरेन्द्रनगरमै छोरीहरु दिन दहाडै मारिन्छन्, यसले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने देखाउँदैन र ? रणसिंह परियारले प्रश्न गरे । ‘प्रदेशको राजधाानी वीरेन्द्रनगरकै मुटुमा छोरीहरु बलात्कृत भएर मारिन्छन्, मृतकका परिवार न्याय पाउने बिषयमा विश्वस्त छैनन्,’ उनले भने, ‘घटनाको दुई साता बित्न लाग्दा पनि शव अस्पतालमै छ यसको जिम्मा कस्ले लिने हो ?’

    प्रदेश सभा सदस्य उर्मिला विकले सरकार विभेदकारी भएको भन्दै आलोचना गरिन् । कर्णाली प्रदेश सरकारले नै जातीय विभेद गरिरहेको उनको दुखेसो छ । ‘कर्णालीमा २९ प्रतिशत दलितको भोटबाट तपाईं त्यो कुर्चीमा बिराजमान हुनुहुन्छ,’ उनले भनिन्, ‘अनि तपाईंहरुले बनाउने नीति र कार्यक्रम कति दलितमैत्री छन् ?’ दुई साता बित्न लाग्दा पनि इनिशाको शव उठाउनतर्फ सरकार गम्भीर नभएको उनको आक्रोश छ ।

    सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले इनिशा हत्यामा संलग्नलाई कारवाहीको विश्वासिलो वातावरण नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । घटनाको दुई साता बित्न लाग्दा पनि इनिशाको शव आफन्तले बुझेका छैनन् । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निश्कर्षमा पुग्न नसकिएको प्रहरीको दावी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

    एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

    कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

    लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑