सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरेको छ।
ललितपुरको ग्वार्कोस्थित Hotel Royal Tulip मा मंगलबारदेखि दुई दिने कार्यक्रम सुरु भएको हो। कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले ले घण्टी बजाएर गरेका छन्।
अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरू सहभागी रहेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट हासिल गरेको थियो।
पार्टीका अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास, आचारसंहिता तथा संसद्को कार्यप्रणालीबारे जानकारी गराउन दुई दिने कार्यशाला आयोजना गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्य प्रणाली, जनप्रतिनिधिको जिम्मेवारी तथा पार्टीले अवलम्बन गर्ने नीतिबारे प्रशिक्षण दिइने बताइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा