सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्चुला । राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार आज बिहान १० बजेर १२ मिनेटमा दार्चुला जिल्ला लाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ।
केन्द्रका अनुसार दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।
यसअघि फागुन २२ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी फागुन १५ गते तोप्केगोला आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।
नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकाले साना–ठूला भूकम्पका धक्का समय–समयमा महसुस हुने गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा