सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ।
आयोगले सोमबार बसेको बैठकबाट ११० सांसद निर्वाचित गर्ने निर्णय गरेको हो। निर्वाचित सांसदहरूको नामावली भने केहीबेरमै आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दलले समानुपातिकतर्फ सिट प्राप्त गरेका थिए। प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ।
त्यस्तै नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी ले समान ४/४ सिट प्राप्त गरेका छन्।
समानुपातिकतर्फ निर्वाचित हुने सांसदका नाम सम्बन्धित दलहरूले आफ्नो बन्दसूचीबाट छनोट गरी आइतबार आयोगमा बुझाएका थिए। आयोगले ती नामहरूलाई स्वीकृत गर्दै आज औपचारिक रूपमा निर्वाचित घोषणा गरेको हो।



काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा