सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । केपी शर्मा ओली ले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका हुन्।
ओलीले भने, “हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको सेवा र प्रतिबद्धता यथावत रहने बताएका छन्। “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली यसपटक प्रतिनिधि सभा निर्वाचनमा बालेन्द्र शाहसँग पराजित भएका थिए। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रत्यक्षतर्फ ९ सिट मात्र प्राप्त गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा