सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको कांग्रेसका राष्ट्रिय सभाका बहालवाला तथा नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो माग गरेका हुन्।
सांसद बस्नेतले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको पराजयको मुख्य कारण विशेष महाधिवेशन भएको दाबी गरे। उनका अनुसार धेरै नेताहरूले चुनावअघि अधिवेशन नगरी सबै मिलेर निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए।
उनले भने, “विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ। सबै नेताहरूले चुनावमा एकजुट भएर जाऔँ, अधिवेशन चाहिँ चुनावपछि गरौँ भनेका थियौँ। तर त्यो कुरा मानिएन। विशेष अधिवेशन नामको एउटा भेला गरियो र पार्टीलाई क्याप्चर गरियो। यही विशेष अधिवेशनका कारणले आज हामी हारेका छौँ। गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो।”
बस्नेतले पार्टीको विशेष महाधिवेशनले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै यसको औचित्यसमेत समाप्त भइसकेको टिप्पणी गरे। साथै उनले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको पनि बताए।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा