सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बालेन्द्र शाह ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता तथा झापा–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
शाहले पेश गरेको खर्च विवरणमा सवारी साधन भाडादेखि प्रचार–प्रसार सामग्री छपाइसम्मका विभिन्न शीर्षक समावेश छन्। विवरणअनुसार २ वटा सवारी साधन १५ दिन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको छ, जसमा इन्धन खर्च समेत समावेश गरिएको छ।
त्यसैगरी हवाई भाडा ३५ हजार रुपैयाँ, खाजा खर्च २८ हजार रुपैयाँ, तथा वडा स्तरमा १५ दिन सञ्चालन गरिएको घरदैलो प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यस्तै नमुना मतपत्र छपाइमा ४९ हजार रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ, तथा स्टेशनरी खर्च २२ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
प्रचार सामग्रीतर्फ फ्लेक्स र ब्यानर छपाइमा १ लाख ५७ हजार रुपैयाँ तथा ब्यानर र स्टिकरमा थप १ लाख १९ हजार रुपैयाँ खर्च भएको शाहले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्चको विवरण अनिवार्य रूपमा निर्वाचन आयोगमा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।


काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा