सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सल्यान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
बनगाड-कुपिण्डे नगरपालिका–स्थित सल्लिबजारबाट सोमबार बिहान खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार सोमबार बिहान करिब ८ बजे गाडी जाँचका क्रममा ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खानेतेल बरामद गरिएको थियो।
प्रहरीका अनुसार उक्त गाडी पार्टीको प्रचारमा प्रयोग भइरहेको थियो र गाडीमा पार्टीका झण्डा, ब्यानर तथा साउण्ड बक्ससमेत जडान गरिएको थियो। मतदान नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता विपरीत मदिरा तथा खाद्यान्न बोकेर हिँडेको भेटिएपछि स्थानीय स्तरमा विरोधसमेत भएको बताइएको छ।
जीप चालक नन्द रानाले भने उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारी कृतिबहादुर रानाका लागि ढुवानी गरिएको दाबी गरेका छन्।
रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्ता सामग्री राखिनु चालकको कमजोरी भएको उल्लेख गर्दै भुलवश वा अन्जानमा भएको गल्ती भएको प्रतिक्रिया दिएका छन्। उनले यस विषयमा पार्टीलाई पूर्वजानकारी नभएको पनि दाबी गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा