सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ ।
सोमबार मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनगरी निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए ।
आजदेखि प्रत्यक्षतर्फका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ हुन थालेको हो । मतपत्र छपाइ कार्यलाई उच्च सुरक्षासहित अगाडि बढाइएको छ भने आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने जनाइएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा