सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदभार ग्रहण गरेका हुन्। सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले आ–आफ्नो पदको जिम्मेवारी सम्हालेका छन्।
पदभार ग्रहणसँगै पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन गत पुस २७ गतेदेखि माघ १ गतेसम्म सम्पन्न भएको थियो। सो महाधिवेशनबाट गगनकुमार थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा