सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह माघ १२ गते जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि जाने भएका छन् ।
पूर्वराजाको संवाद सचिवालयद्वारा जारी सूचनाअनुसार “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह” सोही दिन जनकपुरधाम सवारी भई जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
तर सचिवालयको पछिल्लो सूचनामा प्रयोग गरिएको सम्बोधनलाई लिएर पुनः विवाद उत्पन्न भएको छ । यसअघि संवाद सचिवालयले ज्ञानेन्द्रलाई ‘पूर्व श्री ५’ भनेर सम्बोधन गर्न थालेको थियो । तर पछिल्लो सूचनामा ‘पूर्व’ शब्द प्रयोग नगरी सिधै ‘श्री ५ महाराजाधिराज’ लेखिएको छ ।
नेपालको संविधानअनुसार हाल कोही पनि ‘श्री ५ महाराजाधिराज’ नरहेको भन्दै यसअघि प्रहरीले संवाद सचिवालयका अधिकारीहरूलाई बोलाएर सम्झाएको थियो । त्यसपछि ‘श्री ५ महाराजाधिराज’ लेखिएका वक्तव्यहरू सचिवालयले सामाजिक सञ्जालबाट हटाएको थियो र केही वक्तव्यहरू ‘पूर्वराजा’ भनेर सम्बोधन गरी सार्वजनिक गरिएको थियो ।
तर पछिल्लो सूचनामा पुनः ‘पूर्व’ शब्द नसमेटिनुले सचिवालयको धारणा र संवैधानिक मर्यादाबारे प्रश्न उठेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा