सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यादवले ६ दलका ७७ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए। उनलाई नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन्।
यसअघि बुधबार विश्वासको मत नपाएपछि तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले नयाँ दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएका थिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा